त्रिशूली बस दुर्घटना अपडेट : थप एक शव फेला, पहिचान हुन बाँकी

हिमाल प्रेस ३० असार २०८१ १०:५२ | Sunday, July 14, 2024
त्रिशूली बस दुर्घटना अपडेट : थप एक शव फेला, पहिचान हुन बाँकी

काठमाडौँ- बेपत्ता बस र यात्रु खोज्ने क्रममा त्रिशूली नदीमा थप एक शव फेला परेको छ।  आज बिहान ९ बजेको समयमा चितवन भरतपुर महा नगरपालिका २८ सालवास स्थितमा नारायणी नदीमा शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

फेला परेको शवको पहिचान भएको छैन। त्रिशूली नदीकोबीचको बगरबाट सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवनबाट गएको सप्रनाउ मनोज गुरुङको १५ जना टोलीले शव निकालेको सह प्रवक्ता थापाले जानकारी दिए। यसअघि तीन शव फेला परेका छन्।

प्रकाशित: ३० असार २०८१ १०:५२ | Sunday, July 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast