काठमाडौँ- आज देशका केही नदी तथा खोलामा बाढीको सम्भावना छ। विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, उदयपुर, सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली, काठमाडौँ, भक्तपुर, ललितपुर भएर बग्ने नदी तथा खोलामा बाढीको सम्भावना छ ।
मकवानपुर, बारा, पर्सा, चितवन, पाल्पा, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके र आसपासका जिल्ला भएर बग्ने अधिकांश स-साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रकाशित: २९ असार २०८१ १०:४१
प्रतिक्रिया