महँगियो भान्सा

हिमाल प्रेस २७ असार २०८१ ९:२२ | Thursday, July 11, 2024
महँगियो भान्सा

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बिहीबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।
लगातारको वर्षाले सडक पूर्वाधारमा क्षति गरेपछि सब्जीको मूल्य ह्वात्तै बढेको छ। काठमाडौँ बाहिरको तरकारी आउन नसक्दा तरकारी महँगिएको व्यपारी सुनाउँछन्। काठमाडौँमा लगातार वर्षा भइरहेको छ। यसको असर सब्जी र फलफूलमा परेको छ।

कालीमाटीमा आज धेरैजसो तरकारीको मूल्य आकाशिएको छ। कालीमाटीमा आज गोलभेँडा, च्याउ, बोडी, साग लगायतका तरकारीको मूल्य अरु तरकारीको दाँजोमा निकै बढेको छ। हिजो ३८२ रुपैयाँ प्रतिकिलो रहेको डल्ले च्याउको मूल्य आज ४२६ पुगेको छ भने हिजो १८६ रुपेयाँ रहेको कन्य च्याउको मूल्य आज २७६ रुपैयाँ पुगेको समितिले जनाएको छ। कन्य च्याउ किलोमै ९० रुपैयाँ बढेको हो।

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ११५, सुकेको प्याज ९२, गाँजर ९५, स्थानीय काउली ११५, तने बोडी १४५, घिउ सिमी २१०, करेला ११०, हरियो फर्सी ८५, रायोको साग २७६, कुरिलो २७६, ब्रोकाउली ११५, राजा च्याउ २९० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ। यो सबै औसत मूल्य हो।

प्रकाशित: २७ असार २०८१ ९:२२ | Thursday, July 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast