उदयपुरका बस्ती डुबानमा, स्थानीयलाई सुरक्षित स्थानमा उद्धार गरिँदै

हिमाल प्रेस २६ असार २०८१ ९:२८
10
SHARES
उदयपुरका बस्ती डुबानमा, स्थानीयलाई सुरक्षित स्थानमा उद्धार गरिँदै बस्तीमा बाढी पसेपछि नागरिकलाई सुरक्षित स्थानमा लैजादै सशस्त्र प्रहरी। तस्बिर : एपीएफ

काठमाडौँ- अविरल वर्षाले उदयपुरका विभिन्न ठाउँ डुबानमा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। जिल्लाको बेलका नगरपालिका–१ भालमन्ती भौडाहास्थित त्रियुगा नदी र भालमन्ती खोलाको बाढी बस्तीमा पस्दा डुबानमा परेकालाई सुरक्षित स्थानमा सारिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नंं ५ गण उदयपुर र नेपाल प्रहरीको संयुक्त टोली खटिइ डुबानमा परेकाको सकुशल उद्धार गरेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। त्यसैगरी बेलका नगरपालिका–२ स्थित करैया, पुरनदह र मुसहरी बस्तीमा त्रियुगा नदीको बाढी बस्तीमा पस्दा डुबानमा परेका करिब २ सय ५० घरपरिवारलाई नेपाल प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको हो।

त्यस्तै चौदण्डीगढी नगरपालिका–७ स्थित द्धार खोलामा आएको बाढीले बाँध कटान गरी सो ठाउँको खसी बजार, मदनचोक र बगरकोटमा पस्ने सम्भावना भएपछि नं ५ गण उदयपुरबाट खटिएको सुरक्षा फौज, नेपाल प्रहरी र स्थानीय वासिन्दाले जाली लगाई बाँध निर्माण गरेका छन्।

प्रकाशित: २६ असार २०८१ ९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =