पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक सञ्चालन

हिमाल प्रेस २४ असार २०८१ १९:३९
36
SHARES
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक सञ्चालन फाइल तस्बिर।

मुग्लिन (चितवन)- पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन-मलेखु सडक दुईतर्फी सञ्चालनमा आएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गको मुग्लिन-मलेखु सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–३ डहकीखोलामा सोमबार १ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध थियो।

पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ असार २०८१ १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =