पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी ‘करिडोर’ अबरुद्ध

हिमाल प्रेस १५ असार २०८१ १५:१६ | Saturday, June 29, 2024
पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी ‘करिडोर’ अबरुद्ध

बागलुङ- पहिरोले दुई राष्ट्रिय राजमार्ग अबरुद्ध भएका छन्।

मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अबरुद्ध भएका हुन्।

कालीगण्डकी करिडोरअन्र्तगतको बागलुङ नगरपालिका–१० दब्ल्याङमा बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए।

मध्यपहाडी राजमार्गअन्र्तगत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अबरुद्ध भएको छ।

मध्यपहाडी राजमार्गको काठेखोला गाउँपालिका–६ इनारपानी, गलकोट नगरपालिका–३ बतासे डाँडा, गलकोट नगरपालिका-९ गल्याङ र बडिगाड गाउँपालिका–२ हाँडीखोलामा पहिरोले पूर्ण रूपले सडक अबरुद्ध भएको छ।

 

प्रकाशित: १५ असार २०८१ १५:१६ | Saturday, June 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast