सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु

हिमाल प्रेस १४ असार २०८१ १८:५४ | Friday, June 28, 2024
सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु प्रतीकात्मक तस्बिर।

बरहथवा (सर्लाही)- सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। चट्याङ लागेर गम्भीर घाइते भएकी बागमती नगरपालिका-१ की ६४ वर्षीया गोमा आले मगरको उपचारका क्रममा मृत्यु भएको हो।

आज (शुक्रबार) बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा मगर चट्याङ लागेर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा पर्साको वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

यसैबीच चट्याङबाट लालबन्दी नगरपालिका–१७  गैरी टोलका मंगल कामीको घरमा क्षति पुगेको छ। यस्तै बुधबार परेको चट्याङबाट ईश्वरपुर नगरपालिका–१३ र १६ का ६ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ असार २०८१ १८:५४ | Friday, June 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast