काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो परिचय उल्था गरेको तस्बिर।
काठमाडौँ- गुगलले नेपाल भाषा (नेवारी)मा पनि उल्था गर्न थालेको छ।
अंग्रेजी, नेपाली, हिन्दीसहित पहिले १३३ वटा भाषामा उल्था गर्ने गुगलले अरु ११० वटा भाषा थप्दा नेवारी भाषा पनि परेको हो।
यससँगै कूल १४३ वटा भाषामा उल्था गर्ने सुविधा प्रदान गरेको गुगलले ब्लग पोष्टमार्फत् जानकारी दिएको छ ।
आफ्नो यो अपडेटले अनुवाद सेवालाई अधिक समावेशी र सुलभ बनाएको गुगगले दाबी गरेको छ ।
प्रकाशित: १४ असार २०८१ ८:२३ | Friday, June 28, 2024
प्रतिक्रिया




