ओखलढुंगामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

हिमाल प्रेस १२ असार २०८१ १०:२७ | Wednesday, June 26, 2024
ओखलढुंगामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते प्रतीकात्मक तस्बिर।

ओखलढुंगा- ओखलढुंगामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।

पहिरामा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका गम्भीर घाइते भएका छन्।

प्रहरी चौकी सेर्नाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा दुवैजनाको उद्धार गरिएको हो। उनीहररूलाई उपचारका लागि अस्पताल लगिएको छ। पहिरोले एकतले घर र गोठ पुरिएको छ।

प्रकाशित: १२ असार २०८१ १०:२७ | Wednesday, June 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast