संसद् भवनभित्रै प्रहरी जवानले गरे गोली हानेर आत्महत्या

हिमाल प्रेस ५ असार २०८१ १०:००
1.2k
SHARES
संसद् भवनभित्रै प्रहरी जवानले गरे गोली हानेर आत्महत्या नयाँबानेश्वरस्थित संघीय संसद् भवन।

काठमाडौँ- नयाँ बानेश्वरस्थित संघीय संसद् भवनभित्र नेपाल प्रहरीका एक जवानले बुधबार बिहान आफैँलाई गोली हानेर आत्महत्या गरेका छन्। संसद् सचिवालयका प्रवक्ता एकराज गिरीले प्रहरी जवान अजित गोले आफैँले पेस्तोल प्रहार गरेको बताए। उनका अनुसार गोलेको निधन घटनास्थलमै भएको छ। गिरीले भने, ‘गोलेको शव शौचालयमा गोली लागेको अवस्थामा भेटिएको छ।’ प्रहरीका अनुसार गोलेको निधारमा गोली लागेको छ।

बानेश्वर वृत्तका डीएसपी शिवराज बुढाथोकीले गोलेले आत्महत्या गरेको विषयमा थप अनुसन्धान भइरहेको बताए। उनले भने, ‘गोलेले के कारणले आत्महत्या गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’ घटनाक्रमअनुसार गोलेले आफैँले गोली हानी आत्महत्या गरेको देखिएको उनको भनाइ छ।

२२ वर्षीय प्रहरी जवान गोलेले शौचालयमा गएर आफैँमाथि गोली प्रहार गरेकाे गिरीको भनाइ छ। उनी नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेसल टाक्स फोर्समा कार्यरत थिए। उनी बिहान ड्युटीमा खटिएका थिए।

प्रकाशित: ५ असार २०८१ १०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast