कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना पक्राउ

हिमाल प्रेस २ असार २०८१ २१:२९ | Sunday, June 16, 2024
कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बचकर्ताको रकम अपचलन गरेको अभियोगमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तनहुँ व्यास नगरपालिका-११ का ४३ वर्षीय तेजविक्रम थापासहित चार जनालाई पक्राउ गरी आज (आइतबार) सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सहकारीकी व्यवस्थापक ललितुर महानगरपालिका-१८ घर भई हाल गोकर्णेश्वर नगरपालिका-७ बस्ने ४४ वर्षीया सजना राजकर्णिकार, सदस्यहरू किर्तिपुर नगरपालिका-८ बस्ने ५३ वर्षीय भीमसेन महर्जन तथा काठमाडौँ महानगरपालिका-६ चाबहिल बस्ने ४७ वर्षीय सञ्जय सापकोटा रहेका उपत्यका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।

उक्त सहकारी ललितपुर महानगरपालिका-५ कुमारीपाटीमा खोलिएको प्रहरीले जनाएको छ। पक्राउ परेका अध्यक्ष थापा २०५६ सालदेखि उक्त सहकारी संस्थाको चिफ एकाउन्टेन्ट र संस्थापक सदस्य रहेको प्रहरीको भनाइ छ ।

थापा अस्पताल, टेलिभिजनलगायत अन्य विभिन्न व्यावसायिक कम्पनीमा समेत अध्यक्ष भइसकेको तथा बैंकिङ कसुरका पाँच वटा मुद्दामा समेत कसुर ठहर भई फरारको सूचीमा रहेको अनुसन्धानबाट खुलेको प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए।

‘पाँच सय ६६ जना बचतकर्ताको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो,’ उनले भने,  ‘दुई अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीमा ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

प्रहरीले उनीहरुको साथबाट मोबाइल ६ थान, पेनड्राइभ तीन थान, केही चेक तीन थान, बा २५ च ४२९६ नम्बरको इको भ्यान गाडी एक, यती टेक्निकको छाप र गोर्खा टीभीको परिचयपत्रलगायतका सामान बरामद गरिएको जनाएको छ। रासस

 

प्रकाशित: २ असार २०८१ २१:२९ | Sunday, June 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast