सरदरभन्दा तीन दिनअघि नै भित्रियो मनसुन

हिमाल प्रेस २८ जेठ २०८१ १४:०९ | Monday, June 10, 2024
सरदरभन्दा तीन दिनअघि नै भित्रियो मनसुन

काठमाडौँ- पानी पार्ने मौसम प्रणाली (मनसुन) आज नेपाल प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पूर्वी क्षेत्र इलामबाट मनसुन नेपाल प्रवेश गरेको हो।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन अघि जुन१० मै नेपालमा प्रवेश गरेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार नेपालको अन्य भू-भागहरूमा भने क्रमिक रुपमा मनसुनी वायु आइपुग्नेछ।

 

प्रकाशित: २८ जेठ २०८१ १४:०९ | Monday, June 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast