सहकारी ठगी प्रकरण : सीबी लामा पुर्पक्षका लागि कारागार चलान

हिमाल प्रेस २७ जेठ २०८१ १३:२५
46
SHARES
सहकारी ठगी प्रकरण : सीबी लामा पुर्पक्षका लागि कारागार चलान सीबी लामा

काठमाडौं- सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका चन्द्रबहादुर तामाङ (सीबी लामा) पुर्पक्षका लागि कारागार पठाइएका छन्। कान्तिपुर सेभिङका पूर्वअध्यक्ष लामालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागारमा राखिएको छ।

लामा १८ जेठमा चितवनबाट पक्राउ परेका थिए। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको थियो। कान्तिपुर सेभिङमा सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।

प्रकाशित: २७ जेठ २०८१ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast