२०८४ को चुनावमा कांग्रेस प्रतिपक्षमा बसेर चुनाव लड्छ : विष्णु पौडेल

हिमाल प्रेस २३ जेठ २०८१ १९:३०
40
SHARES
२०८४ को चुनावमा कांग्रेस प्रतिपक्षमा बसेर चुनाव लड्छ : विष्णु पौडेल

लुम्बिनी- नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन्। बुधबारदेखि सुरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देहीको १० औं जिल्ला अधिवेशनलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन्।

हालसम्म कांग्रेसले प्रतिपक्षमा बसेर चुनाब लडेको इतिहास नभएको बताउँदै उनले यस पटक २०८४ को चुनावमा उसलाई प्रतिपक्षमै राखेर निर्वाचन गरी त्यसको महसुस गराउने उल्लेख गरे। उनले यो सत्ता समीकरण २०८४ सम्मै कायम रहे एमालेले बहुमतको सरकार बनाउने दाबी गरे। उपाध्यक्ष पौडेलले एमाले रुपन्देहीलाई सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिए।

त्यस्तै पार्टीका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले मुलुकमा भएको उपलब्धिको जग र आधार एमाले भएको दाबी गरे। उनले एमाले जनताको आशा र भरोसाको पार्टी भएको बताए।

एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले मुलुकको विकासको बाधक राजनीतिक अस्थिरता भएको बताइन्। उनले मुलुकको राजनीतिक कोर्स परिवर्तन भएको बताइन्।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, चित्र कार्की र हितराज पन्थीले दाबी गरेका छन्। जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन्।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ।

प्रकाशित: २३ जेठ २०८१ १९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =