उदयपुरको त्रियुगामा टिपरको ठक्करबाट दुई युवाको मृत्यु

हिमाल प्रेस २३ जेठ २०८१ ७:३६
14
SHARES
उदयपुरको त्रियुगामा टिपरको ठक्करबाट दुई युवाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- उदयपुरको त्रियुगामा टिपरको ठक्करबाट दुई युवाको मृत्यु भएको छ।

मदन भण्डारी लोकमार्गमा पर्ने त्रियुगा नगरपालिका–१, फूलजोरमा मंगलबार साँझ प्र १–०२– ००१ ख ८५१४ टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

मृत्यु हुनेमा सुनसरीको रामधुनी नगरपालिका घर भई त्रियुगा नगरपालिका–११ बस्दै आएका ३० वर्षीय रविन श्रेष्ठ र त्रियुगा नगरपालिका–३ घर भएका २४ वर्षीय हिरा राई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको टिपरले ठक्कर दिँदा दुर्घटना भएको हो।

तीव्र गतिमा रहेको टिपरले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन्। घटनाको प्रत्यक्षदर्शी स्थानीय शर्मिला कार्कीका अनुसार टिप्परको अघिल्लो चक्काले श्रेष्ठ र पछिल्लो चक्काले राईलाई किच्दा उनीहरुको मृत्यु भएको हो।

मृतक श्रेष्ठ र राईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाटमा राखिएको छ।

ठक्कर दिने टिपर र त्यसका चालक त्रियुगा नगरपालिका–७ निवासी भीमबहादुर राईलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रियाअघि बढाएको एसपी थापाले जानकारी दिए।

प्रकाशित: २३ जेठ २०८१ ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast