 हिक्मत कार्की। फाइल तस्बिर।
                             हिक्मत कार्की। फाइल तस्बिर। 
                                            काठमाडौँ- कोशी प्रदेश सरकार गठनका विरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आज छ।
२६ वैशाखमा केदार कार्कीलाई स्वत: पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए। केदार कार्की पनि सोही उपधारा अनुसार २७ असोजमा नियुक्त भएका थिए।
कार्कीले रिटमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदमुक्त गरी आफूलाई नियन्तरता दिन माग गरेका छन्।
केदारले दायर गरेको रिटमा सर्वोच्च अदालतले २८ वैशाखमा प्रतिवादीसँग जवाफ माग गरेको थियो। ९ जेठमा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो।
२७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतबाट अल्पतमा परेका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 