इटहरी- कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर भएको छ। नेकपाबाट खिनु लङ्वा लिम्बूको नेतृत्वमा जीवन आचार्य, गीता तिम्सिना र गोम्बु शेर्पाले मन्त्री तथा सपना दर्जीले राज्यमन्त्रीका रूपमा शपथ लिएका छन्।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङ्गले पद तथा गोपनीयताको शपथ गराएका हुन्। मन्त्रिपरिषद् हेरफेरसँगै प्रदेश सरकारले मन्त्रीहरूको मन्त्रालयसमेत तोकेको छ।
हिक्मतकुमार कार्की मुख्यमन्त्रीको जिम्मेवारीमा छन्। इन्द्रमणि पराजुलीले स्वास्थ्य मन्त्रालय, विदुरकुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना मन्त्रालय र रामप्रसाद महतोले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।
त्यस्तै तिलचन पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र गीता तिम्सिनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मन्त्रिपरिषद्मा सपना परियारलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
मन्त्रिपरिषद् हेरफेरसँगै कोशी प्रदेश सरकारमा मन्त्रालयगत जिम्मेवारी पुनः बाँडफाँट गरिएको हो।


