‘हाम्रा बा-आमा हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गरिने

हिमाल प्रेस १५ जेठ २०८१ १६:३५ | Tuesday, May 28, 2024
‘हाम्रा बा-आमा हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गरिने

काठमाडौं- सरकारले ‘हाम्रा बा-आमा हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ‘हाम्रा बा-आमा हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गरिने बताएका हुन्।

अर्थमन्त्री पुनले स्थानीय तहमा ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने पनि बताए। यस्तै, अर्थमन्त्री पुनले सातै प्रदेशमा सुविधासम्पन्न वृद्धा आश्रम स्थापना गरिने बताए।

प्रकाशित: १५ जेठ २०८१ १६:३५ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast