कैलाश सिरोहिया धनुषा प्रहरीको हिरासतमा

हिमाल प्रेस ९ जेठ २०८१ ७:२७ | Wednesday, May 22, 2024
कैलाश सिरोहिया धनुषा प्रहरीको हिरासतमा कैलाश सिरोहिया। तस्बिर स्रोत : कान्तिपुर

काठमाडौँ- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा पुर्‍याएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेर अध्यक्ष सिरोहियालाई धनुषा लगेको हो।

उनलाई हिजो कान्तिपुरको कार्यकक्षबाट पक्राउ गरेर धनुषा लगिएको थियो। उनीमाथि दोहोरो नागरिकता लिएको अभियोग छ।

प्रकाशित: ९ जेठ २०८१ ७:२७ | Wednesday, May 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast