हाब्रे संरक्षणको सन्देश दिने भिडियो

हिमाल प्रेस ८ जेठ २०८१ १८:३४ | Tuesday, May 21, 2024
हाब्रे संरक्षणको सन्देश दिने भिडियो रेडपान्डा नेटवर्कले मंगलबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार दयाहाङ राईलगायत। तस्बिर : हिमाल प्रेस

काठमाडौँ– कलाकार दयाहाङ राईले रेडपान्डा (हाब्रे) संरक्षणको सन्देश दिने सांगीतिक भिडियो निर्माण गरेका छन्। हाब्रे संरक्षणमा कार्यरत संस्था रेडपान्डा नेटवर्कसँगको सहकार्यमा राईले साढे तीन मिनेटको सन्देशमूलक भिडियो (पीएसए) बनाएका हुन्।

सन् २००७ देखि हाब्रे संरक्षणमा काम गर्दै आएको रेडपान्डा नेटवर्कका कार्यक्रम संयोजक सोनाम तासी लामाले समुदायमा हाब्रेबारेको जानकारी अझै व्यापक बनाउनुपर्ने भएकाले यो भिडियो बनाइएको बताए।

‘कोरोनाको बेलामा हात धोऔँ भनेर बारम्बार भनिरहनुपरेजस्तै कति कुरा दोहोर्याइरहनु पर्ने हुँदो रहेछ’, लामाले भने, ‘हाब्रे जोगाउने कुरा पनि मान्छेको मनमा प्रभावकारी रुपमा बसाउन र पुनःस्मरणका लागि सहयोग होस् भनेर हामीले यो भिडियो बनाएका हौँ।’

कलाकार दयाहाङ राईले सिकारी युगदेखि अभिनय चलिआएको स्मरण गराउँदै हाब्रेसँगको प्रेमलाई जगाउन आफूहरुको प्रयास केन्द्रित भएको बताए। ‘थिएटरमा हामी जुन ढंगमा काम गर्छौँ, त्यहीअनुरूप सांगीतिक प्रस्तुतिजस्तो भिडियो बनाइएको छ’, राईले भने।

जीवजन्तुको संरक्षणप्रति गम्भीर हुनुपर्ने कलाकारको पनि दायित्व रहेको उनको भनाइ छ। ‘अहिले यो तीन मिनेटको भिडियो कुनै दिन हामी रंगमञ्चमा पूरा कथासहित लिएर आउनेछौँ’, राईले भने।

भिडियोमा घलेक र हाकुपटासी लगाएको चरित्र हाब्रे बनेर आफ्नो कथा भन्छन्। भिडियोमा बेनुका राईको संगीत, अनुप न्यौपानेको कवितालाई उतारिएको छ।

प्रकाशित: ८ जेठ २०८१ १८:३४ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast