प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ

हिमाल प्रेस ६ जेठ २०८१ १०:४९ | Sunday, May 19, 2024
प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ।

काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका-१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शंकास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर-९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो।

उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिएका थिए।

प्रकाशित: ६ जेठ २०८१ १०:४९ | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast