कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

हिमाल प्रेस ४ जेठ २०८१ १३:५४ | Friday, May 17, 2024
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित विरोध जनाउँदै कांग्रेस सांसद। फाइल तस्बिर

काठमाडौँ-  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको राष्ट्रियसभा बैठकमा अवरोध गरेको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा पनि कांग्रेसले अवरोध गरेको हो। कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक ६ जेठ अपराह्न १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति बनाउन माग गर्दै बैठकमा अवरोध गर्दै आएको छ।

प्रकाशित: ४ जेठ २०८१ १३:५४ | Friday, May 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast