मूल्यवृद्धि नियन्त्रण गर्न माग

हिमाल प्रेस ५ असोज २०८३ १६:३९ | Monday, September 21, 2026
मूल्यवृद्धि नियन्त्रण गर्न माग फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभाका सदस्यहरुले पछिल्लो समय चामल, दाल र तेललगायतका अत्यावश्यक खाद्य सामग्रीमा निरन्तर भइरहेको मूल्यवृद्धिले न्यून आय भएकालाई दैनिक जीवन चलाउन चुनौती भएको जनाउँदै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको सोमबारको बैठकको शून्य समयमा भाग लिँदै सांसद मीनासिंह रखालले मूल्य वृद्धिले न्यून आय भएकालाई समस्या तुल्याएकाले समस्या समाधान गर्न माग गरिन्।

सदस्य रामकुमारी झाँक्रीले पछिल्ला दिनमा विद्युतीय सवारीको प्रयोग र दुर्घटना बढिरहेकाले त्यस सम्बन्धी स्पष्ट नीति र कानुन आवश्यक रहेको बताइन्।

रेखाकुमारी यादवले पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरिन्। पत्रकारले गलत लेखेमा खण्डन गर्ने कानुनी व्यवस्था हुँदाहुँदै आक्रमण गरिनु निन्दनीय भएको उनको भनाई थियो।

सदस्य रोशनी मेचेले अर्थमन्त्रीको भारत भ्रमणका क्रममा समकक्षीसँग भएको भेटवार्तामा किन नेपालको राष्ट्रिय झण्डा नराखेको भनी प्रश्न गरिन्।

सदस्य सम्झना देवकोटाले देशमा ६० वटा ग्यास भर्ने उद्योग रहेको तर एउटाले अर्काको सिलिण्डर नसाट्दा बजारमा समस्या भएकोबारे सदनलाई जानकारी गराइन्।

सदस्य सोमनाथ पोर्तेलले वर्तमान सरकारले दलित समुदायको परम्परागत पेसा प्रवद्र्धनका लागि छुट्याइएको ५० करोड मध्ये ४० करोड रुपैयाँ रकमान्तर गरेको आरोप लगाए।

प्रकाशित: ५ असोज २०८३ १६:३९ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast