राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित

हिमाल प्रेस ३ जेठ २०८१ १७:०१ | Thursday, May 16, 2024
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित विरोध जनाउँदै कांग्रेस सांसद। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ। बिहीबारको बैठक सुरु हुनेवित्तिकै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध गरेका थिए।

त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट संसद्‌मा सरकारको नीति तथा कार्यक्रम पेस भएको र राष्ट्रपतिलाई धन्यवाद दिन समेत नसकिएको भन्दै यसले नराम्रो सन्देश गएकाले बस्न आग्रह गरेका थिए। तर पनि कांग्रेस सांसदहरू आसनमा नबसेपछि अध्यक्ष दाहालले जेठ ४ गते बस्नेगरी बैठक स्थगित भएको सूचना पढेर सुनाए।

कांग्रेसले संसद्‌को दुवै सदनमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान लिएको छ। लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएका छन्।

प्रकाशित: ३ जेठ २०८१ १७:०१ | Thursday, May 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast