यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णय

हिमाल प्रेस ३ जेठ २०८१ १६:५४ | Thursday, May 16, 2024
यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णय फाइल तस्बिर।

काठमाडौँ- सरकारले दुई जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशको कायममुकायम सचिव रहेका लोकनाथ पौडेल र नेपाल कृषि वन सेवा समूहिकरण अन्तर्गत विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले नीति अनुसन्धान विकास प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा प्राध्यापक डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। उनका अनुसार न्यूनतम परिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्कालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै आजको बैठकले जलवायु परिवर्तनअनुकूलन कार्यक्रम कार्यन्वयनका निम्ति फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रकाशित: ३ जेठ २०८१ १६:५४ | Thursday, May 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast