एमालेको संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस २ जेठ २०८१ ११:४१ | Wednesday, May 15, 2024
एमालेको संसदीय दलको बैठक बस्दै एमाले संसदीय दलको बैठक। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमाले संसदीय दलको बैठक बुधबार बस्दैछ।

संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा मध्याह्न साढे १२ बजे संसदीय दलको बैठक बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

संसदीय दलको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र संसद्को गतिरोधबारे छलफल हुने उनले बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिको माग राखेको छ।

यसले संसद् बैठक अवरुद्ध तुल्याउँदै आएको छ।

कांग्रेसको अवरोधको कारण संसद्को बजेट अधिवेशन प्रभावित भएको छ।

 

प्रकाशित: २ जेठ २०८१ ११:४१ | Wednesday, May 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast