जीबी राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुरा भइरहेको छ : गृहमन्त्री लामिछाने

हिमाल प्रेस २९ वैशाख २०८१ ११:०६ | Saturday, May 11, 2024
जीबी राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुरा भइरहेको छ : गृहमन्त्री लामिछाने रवि लामिछाने

चितवन- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन्।

साथै उनले सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए हुन्छ तर संसद्मा बोल्न पाउनुपर्छ’ भने।

आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उनले सार्वभौम संसद्मा सबैले बोल्न पाउनुपर्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिए। ‘छानबिन समिति बनाए पनि हुन्छ। तर संसद्मा बोल्न पाउनुपर्छ।’

उनले भने, ‘नेपाली कांग्रेसले संसद् र आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘यसो गर, त्यसो नगर’ भनेर आदेश दिने होइन।’

सहकारी ठगीका मुख्य आरोपी जीबी राईलाई नियन्त्रमा लिने प्रयास भइरहेको उनले बताए। निजलाई पक्राउ गर्न प्रक्रियागत काम भइरहेका उनले जानकारी दिए। उनले भने, ‘राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ।’

उक्त देशसँग प्रत्यर्पण सन्धि नभएकाले केही समस्या भएको बताउँदै उनले त्यसलाई समाधान गरेर निजलाई चाँडै पक्राउ गरिने प्रतिबद्धता व्यक्त गरे।

गृहमन्त्री लामिछानेले आजै कारागार व्यवस्था कार्यालयको अनुगमन पनि गरे। त्यस क्रममा उहाँले कैदीबन्दीको समस्या समाधान गर्न सरकारले नीति तथा कार्यक्रमबाट सम्बोधन गर्ने बताउनुभयो ।

प्रकाशित: २९ वैशाख २०८१ ११:०६ | Saturday, May 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast