काठमाडौँ- कंलकीबाट हराएकी चितवनकी स्नेहा लामिछाने (२०) एक हप्तापछि भेटिएकी छन्। उनलाई पशुपति मन्दिर परिसरमा फेला पारेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
स्नेहा काठमाडौँमा आफन्तकोमा बसेर कम्प्युटर इन्जिनियरिङ पढिरहेकी थिइन्। उनी वैशाख १९ गतेदेखि सम्पर्कविहीन भएकी थिइन्। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २६ वैशाख २०८१ २०:१९ | Wednesday, May 8, 2024
प्रतिक्रिया




