कतारबाट काठमाडौँ झर्नेबित्तिकै अपहरण, ४ लाख ८० हजार फिराैती माग्ने २ पक्राउ

हिमाल प्रेस १८ वैशाख २०८१ १७:४२ | Tuesday, April 30, 2024
कतारबाट काठमाडौँ झर्नेबित्तिकै अपहरण, ४ लाख ८० हजार फिराैती माग्ने २ पक्राउ

काठमाडौँ- प्रहरीले कतारबाट काठमाडौँमा आएका सिकेन्द्र यादवलाई अपहरण गरी कुटपिट गर्ने दुई जनालाई पक्राउपछि आज सार्वजनिक गरेको छ। काठमाडौँमा पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले पक्राउ पर्नेमा सर्लाही मलंगवा ३ का २५ वर्षीय अजिम अली र सोही ठाउँ बस्ने एमडी शनि अलाही रहेको बताए।

उनका अनुसार हिजो अपहरणमा परेका यादवलाई आज बिहानै उद्धार गरिएको हो। उनले कतारबाट फर्किँदा कतारमा बस्ने मन्सुर अली नाम गरेका व्यक्तिले २५ ग्राम सुन दिइ भतिज अजिम अलीलाई दिनु भनी मोबाइल नम्बर दिइ पठाएको र पीडित काठमाडौँमा आएपछि अजिम अलीलाई फोन गरी सामान लिन बोलाएकोमा अर्कै मान्छे आएर लिएको भन्ने बुझिएको पनि भट्टराईले बताए।

त्यसपछि अजिम अलीले सुन आफूले नपाएको भनि आफू बस्ने डेरा सिनामंगलमा जबरजस्ती लगी कुटपिट गर्नुका साथै पीडितकी श्रीमतीलाई ४ लाख ८० हजार रकम दिएपछि मात्रै छोड्ने भनि धम्की दिएको पाइएको पनि उनले जानकारी दिए। तयसपछि प्रहरमिा परेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएका हो। घटनाको थप अनुसन्धान बाँकी नै रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ वैशाख २०८१ १७:४२ | Tuesday, April 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast