लगानी प्रवर्द्धनको वातावरण बनाइनेछ : ओली

हिमाल प्रेस १७ वैशाख २०८१ १९:४६ | Monday, April 29, 2024
लगानी प्रवर्द्धनको वातावरण बनाइनेछ : ओली फाइल तस्बिर।

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि कानुनी सहजीकरण तथा सबै प्रकारका उचित वातावरण सिर्जना गर्न आफ्नो पार्टी दृढ रहेको बताएका छन्।

तेस्रो लगानी सम्मेलनको समापनसत्रलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टी स्वदेशी र विदेशी निजी क्षेत्रका लगानी प्रवर्द्धनका लागि संशोधित कानुनको प्रभावकारी कार्यान्वयन तथा उचित वातावरण सिर्जनाका पक्षमा दृढ रहेको स्पष्ट पारे

उनले लगानी सम्मेलन नेपालका राजनीतिक दल र विकास साझेदारबीचको सहकार्य बढाउने एक उपयुक्त माध्यम भएको बताए।

प्रकाशित: १७ वैशाख २०८१ १९:४६ | Monday, April 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast