सेवाग्राहीसँग १५ हजार घूस लिने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १७ वैशाख २०८१ १५:५५ | Monday, April 29, 2024
सेवाग्राहीसँग १५ हजार घूस लिने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२, का वडाध्यक्ष उजेर अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनले सेवाग्राहीबाट १५ हजार रुपैयाँ घूस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

वडाध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना प्राप्त भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। बुटवलस्थित अख्तियारको टोलीले केही दिनअघि उनलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

थप अनुसन्धानको सिलसिलामा वडाध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग १५ हजार रुपैयाँ माग गरी लिएको पुष्टि भएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ। सोमबार दायर गरिएको मुद्दामा अलीसँग १५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

प्रकाशित: १७ वैशाख २०८१ १५:५५ | Monday, April 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast