एसीसी प्रिमियर कपको दोस्रो खेलमा पनि नेपाल विजयी

हिमाल प्रेस १ वैशाख २०८१ १९:५३ | Saturday, April 13, 2024
एसीसी प्रिमियर कपको दोस्रो खेलमा पनि नेपाल विजयी

काठमाडौँ- एसीसी मेन्स प्रिमियर कप-२०२४ अन्तर्गतकाे आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएकाे छ। ओमानमा शनिबार भएकाे खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हाे।

नेपालले दिएको २११ रनको फराकिलो लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७८ रन बनायाे।

आजकाे खेलमा दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी प्रदर्शन गरे। ऐरीले २१ बलमा ३ चौका र ७ छक्काको मद्दतमा ६४ रन बनाए। आसिफ शेखले ५२ रनको योगदान गरेपछि कतारले २११ रनको फराकिलो लक्ष्य पाएको थियो।

कतारका लागि कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रन, मोहम्मद अनाफले २३, कमरान खानले १८, अदान मिर्जाले १९, हिमांशु राथोडले २२ रन जोडे।

शुक्रबार भएको खेलमा नेपालले मलेसियामाथि ५ विकेटको जित निकालेको थियाे।

याे पनि

दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

प्रकाशित: १ वैशाख २०८१ १९:५३ | Saturday, April 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast