दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

हिमाल प्रेस १ वैशाख २०८१ १९:३९
14
SHARES
दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी तस्बिर क्यान

काठमाडौँ- दीपेन्द्र सिंह ऐरी एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बनेका छन्। ओमानमा जारी एसीसी मेन्स प्रिमियर कपमा कतारसँगको खेलमा दीपेन्द्रले कीर्तिमानी प्रदर्शन गरेका हुन्।

अन्तिम ओभरमा कतारका कमरान खानले गरेको बलिङमा ऐरीले छ छक्का प्रहार गरेका हुन्। यससँगै दीपेन्द्र अन्तर्राष्ट्रिय टि–२० खेलमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली र विश्वकै तेस्रो खेलाडी बने।

यसअघि भारतका युवराज सिंह र वेस्टइन्डीजका किरोन पोलार्डले एकै ओभरमा ६ छक्का हानेका थिए।

प्रकाशित: १ वैशाख २०८१ १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 13 =