सदाशिव विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस २८ चैत २०८० १४:५४ | Wednesday, April 10, 2024
सदाशिव विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले तीन लाख ७७ हजार २३६ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

विद्यालयका प्रधानाध्यापकले हिसाब किताब आम्दानी खर्च विवरणको हरहिसाब नबुझाएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धान हुँदा २०६८ साउनदेखि २०६९ असार र २०६९ साउनदेखि २०७० असार महिनासम्मको अवधिमा विद्यालयको रकम लिने/खाने नियत राखी विद्यालयमा भएको भवन निर्माण समितिको निर्णयमा आफूखुसी थपघट समेत गरी सरकारलाई तीन लाख ७७ हजार २३६ रुपैयाँ हानिनोक्सानी गरेको पाइएको अख्तियारले जनाएको छ।

भ्रष्टाचार गरेको पाइएपछि अख्यिारले तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदी र सोही विद्यालयका तत्कालीन लेखापरीक्षक कृष्णप्रसाद गौतमविरुद्ध मुद्दा दायर गरेको हो। दायर गरिएको मुद्दामा दुवै जनासँग तीन लाख ७७ हजार २३६ रुपैयाँ बिगो दाबी गरिएको छ।

प्रकाशित: २८ चैत २०८० १४:५४ | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast