मेटल उद्योगमा आगलागी, एकजनाको मृत्यु

हिमाल प्रेस २४ चैत २०८० १३:३० | Saturday, April 6, 2024
मेटल उद्योगमा आगलागी, एकजनाको मृत्यु

काठमाडौँ- ललितपुरको हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ।

मृतकको पहिचान हुन नसकेको ललितपुरका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार घटना आज बिहान ६ बजेतिर भएको थियो।

आगलागीको कारण नखुले पनि विद्युत् चुहिएको आशंका गरिएको सुवेदीले बताए। उनका अनुसार सोफा बनाउने ‘सिक्मा मेटल इन्टेक्स प्रालि’मा आगलागी भएको र अहिले आगो नियन्त्रणमा आइसकेको छ।

क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताउँदै प्रउ सुवेदीले प्रारम्भिक रूपमा हेर्दा फ्याक्ट्रीमा रहेका सोफा तथा कच्चापदार्थहरु जलेर नष्ट भएका जानकारी दिए।

प्रकाशित: २४ चैत २०८० १३:३० | Saturday, April 6, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast