पश्चिमा मुलुकहरूले नेपाललाई सांस्कृतिक उपनिवेश बनाउन खोजे : कमल थापा

हिमाल प्रेस १८ चैत २०८० १८:४९ | Sunday, March 31, 2024
पश्चिमा मुलुकहरूले नेपाललाई सांस्कृतिक उपनिवेश बनाउन खोजे : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अहिले धर्म परिवर्तनको डढेलो लागेको बताएका छन्। उनले पहाडका सिंगो गाउँगाउँमा धर्म परिवर्तन भएको बताए।

राप्रपा नेपाल, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन्। उनले भने, ‘तराईमा पनि म सुन्दैछु, विस्तारै यो धर्म परिवर्तनको महारोग सल्किएर गएको छ।’

उनले पश्चिमा मुलुकहरुले भारत र चीनलाई नियन्त्रण गर्न निमित्त धर्म परिवर्तन गराएर नेपाललाई सांस्कृतिक उपनिवेश बनाउन खोजिरहेको र त्यसमा प्रमुख राजनीतिक दलहरू हतियारको रूपमा प्रयोग भएको आरोप लगाए।

अध्यक्ष थापाले नेपालमा संघीय धर्म निरपेक्ष गणतन्त्र असफल भएको दाबी गरे। यसको प्रमाण भनेको अहिले देश भ्रष्टाचारको दलदलमा भासिनु भएको बताए।

प्रकाशित: १८ चैत २०८० १८:४९ | Sunday, March 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast