एमाले सचिवालय बैठक। फाइल तस्बिर
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ। यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। बैठक ११ः३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।
प्रकाशित: ९ चैत २०८० १४:५५ | Friday, March 22, 2024
प्रतिक्रिया





