देउवाको गृह जिल्ला डडेलधुरा जाँदै ओली

हिमाल प्रेस ५ चैत २०८० ९:०१ | Monday, March 18, 2024
देउवाको गृह जिल्ला डडेलधुरा जाँदै ओली

काठमाडौँ- नेकपा एमाले डडेल्धुराको जिल्ला अधिवेशन आजदेखि हुने भएको छ।
एमाले डडेल्धुराको नवौँ जिल्ला अधिवेशन आज र भोलि गरी दुई दिन हुने भएको हो।

एमाले डडेल्धुराका नेता विपीन जोशीका अनुसार अधिवेशनको आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्। अधिवेशनको उद्घाटन गर्न अध्यक्ष ओली हिजो धनगढी गएका थिए।

डडेल्धुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो। कांग्रेसको प्रभाव क्षेत्र भएकाले पनि ओली आफै अधिवेशनमा सहभागी हुन लागेका हुन्।

प्रकाशित: ५ चैत २०८० ९:०१ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast