आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

हिमाल प्रेस ५ चैत २०८० ८:०० | Monday, March 18, 2024
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? फाइल तस्बिर

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेडा ठूलो (नेपाली) प्रति केजी न्यूनतम ५० रहेको छ भने अधिकतम ६० गोलभेडा सानो (लोकल) न्यूनतम ४० अधिकतम ५० आलु रातो न्यूनतम ३६ अधिकतम ३८ आलु रातो (भारतीय) न्यूनतम ३८ अधिकतम ४० रुपैयाँ कायम भएको छ।

प्याज सुकेको (भारतीय) न्यूनतम ७५ देखि अधिकतम ८० काउली स्थानीय न्यूनतम २५ अधिकतम ३५ रुपैयाँ र बन्दा (लोकल) न्यूनतम २० अधिकतम २८ रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको समितिले जनाएको छ ।

केरा दर्जन न्यूनतम १२० अधिकतम १३० र स्याउ (फूजी) प्रति केजी न्यूनतम ३०० अधिकतम ३५० रुपैयाँ कायम भएको छ।

प्रकाशित: ५ चैत २०८० ८:०० | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast