मौसम विभाग भन्छ : आज देशभर सफा हुन्छ, भोलि वर्षा हुन सक्छ

हिमाल प्रेस ५ चैत २०८० ६:४८ | Monday, March 18, 2024
मौसम विभाग भन्छ : आज देशभर सफा हुन्छ, भोलि वर्षा हुन सक्छ

काठमाडौँ- पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण बिहान कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ।

महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। विभागले राति देशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मंगलबार देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित: ५ चैत २०८० ६:४८ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast