बझाङको उपनिर्वाचनमा गठबन्धनका तर्फबाट एमालेले उम्मेदवारी पाउनुपर्ने माग

हिमाल प्रेस ४ चैत २०८० ९:३४ | Sunday, March 17, 2024
बझाङको उपनिर्वाचनमा गठबन्धनका तर्फबाट एमालेले उम्मेदवारी पाउनुपर्ने माग

काठमाडौँ- आगामी बैशाख १५ गते हुने उपनिर्वाचनमा बझाङको प्रदेश निर्वाचन क्षेत्र १ मा नेकपा एमालेले उम्मेद्वारी पाउनु पर्ने माग गरिएको छ।

पार्टीको सुदुरपश्चिम प्रदेश कमिटीमा बसेको बैठकले बदलिंदो राजनीतिक समिकरणका बीचमा टिकट बाँडफाँड हुँदा बझाङ गठबन्धनका अन्य दललाई नदिएर एमालेले नै लिनुपर्ने पार्टीले अडान राखेको छ।

प्रदेश पार्टी कार्यालय धनगढीमा इन्चार्ज छविलाल विश्वकर्माको उपस्थितीमा बसेको बैठकले सो माग गरेको हो। कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा परेर निधन भएपछि यो निर्वाचन क्षेत्र रिक्त भएको हो।
जिल्लाले सो क्षेत्रको लागि दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्टको नाम सिफारिस थियो । उक्त नाम केन्द्रमा पठाउँदै उक्त क्षेत्रमा एमाले निर्वाचन लड्नेगरि केन्द्रमा सहमति गर्न आग्रह गर्ने निर्णय भएको प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए।

प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएको र अर्को प्रदेशमा माओवादी केन्द्रमा भीम भण्डारी निर्वाचित रहेको हुँदा रिक्त रहेको क्षेत्र एमालेका लागि सुरक्षित गर्न केन्द्रलाई आग्रह गर्ने निर्णय गरिएको सचिव चन्दको भनाइ छ।

बैठकले बाजुरा जिल्ला कमिटीको नयाँ मनोनीत कमिटीलाई पनि प्रदेश कमिटीले सदर गरेको छ।

माघ २८ गते नेकपा एमाले जिल्ला कमिटीको पूर्ण बैठकले अध्यक्षमा भरत बहादुर थापा, उपाध्यक्षमा जनककुमार बोहरा र सचिवमा काशी बहादुर विकलाई चयन गरेको थियो। आज उक्त निर्णयलाई पनि सदर गरिएको प्रदेश सचिव चन्दले जानकारी दिए।

त्यस्तै, एमाले जिल्ला अधिवेशनहरू चैत्र मसान्तभित्र सम्पन्न गर्न भनिएको छ। अहिले सम्म सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये दार्चुला, कैलाली र बैतडीमा जिल्ला अधिवेशन सकिएको छ भने कञ्चनपुरमा जारी छ।

प्रकाशित: ४ चैत २०८० ९:३४ | Sunday, March 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast