अवैध संरचना हटाउन वीरेन्द्रनगर नगरपालिकाले चलायो डोजर, स्थानीय उत्रिए विरोधमा

हिमाल प्रेस ३० फागुन २०८० १९:५३ | Wednesday, March 13, 2024
अवैध संरचना हटाउन वीरेन्द्रनगर नगरपालिकाले चलायो डोजर, स्थानीय उत्रिए विरोधमा

सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाले अवैध संरचना हटाउन डोजर चलाएको छ। वीरेन्द्रनगर नगरपालिका–६, को घण्टा घर लाइन,हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा नगरपालिकाले आज आफ्नो क्षेत्रमा बनेका अवैध संरचनाहरुमा डोजर चलाएको हो।

नगरपालिकाको डोजर आइसकेपछि केही व्यापारीले सामान उठाउन थाले पनि केही व्यापारी भने प्रतिकारमा उत्रिएका छन्। व्यापारीले ढुङ्गा मुढा प्रहार गर्दा नगरपालिकाको डोजरको सिसा फुटेको छ। झडपको स्थिति भएपछि नगरपालिकाको केहीबेर काम रोकेको थियो पछि पुनःसुरु गरी संरचना भत्काएको छ।

डोजर चलाएपछि भएको झडपमा तीनजना कर्मचारी घाइते भएका छन्। यस क्षेत्रमा १२५ जना साना व्यवसायीहरूले व्यापार गरिरहेको छन्।

यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सरकारी जग्गा खाली गराउन ३५ दिने सूचना निकालेको, पटकपटक जानकारी गराए पनि अटेर गरेपछि डोजर चलाएको गरिएको बताइन्। उनले सरकारी ज्रग्गामा आफूखुसी संरचना बनाइ व्यवसायिक प्रयोजनमा लगाएका भवन भत्काएर त्यहाँ पार्किङ र पार्क निमार्ण गर्ने जानकारी दिइन।

यस्तै माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना भत्काइ त्यहाँबाट हट्न अनुरोध गरेको थियो। नगरपालिकाले निकालेको सूचनाको मिति फागुन २३ गते सकिएको छ। त्यसपछि मंगलबारसम्म समयावधि तोकिएको थियो। तर, व्यवसायीहरू संरचना हटाउनुको साटो आन्दोलनमा उत्रिएका थिए।

प्रकाशित: ३० फागुन २०८० १९:५३ | Wednesday, March 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast