राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचन चैत ४ मा

हिमाल प्रेस ३० फागुन २०८० १६:४७ | Wednesday, March 13, 2024
राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचन चैत ४ मा

काठमाडौँ– राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन चैत्र ४ गते हुने भएको छ। बुधबारको राष्ट्रियसभा बैठकमा समिति सभापतिको निर्वाचनको मिति तोकिएको हो।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचनका लागि मिति २०८० चैत्र ४ गते आइतबारको दिन तोकेको जानकारी गराए।

उनले समिति सभापतिहरुको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्याललाई निर्देशन पनि दिए। राष्ट्रिय सभाको अर्को बैठक चैत्र २ गते शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ।

प्रकाशित: ३० फागुन २०८० १६:४७ | Wednesday, March 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast