इलाम–२ बाट उठ्न सुहाङले दिए निवेदन, एमालेमा चार आकांक्षी

हिमाल प्रेस २७ फागुन २०८० १३:०५ | Sunday, March 10, 2024
इलाम–२ बाट उठ्न सुहाङले दिए निवेदन, एमालेमा चार आकांक्षी

काठमाडौँ-  आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेमा उम्मेदवार बन्न ४ आकांक्षी देखिएका छन्। यसमा पूर्वसभामुख संविधानसभाका अध्यक्ष सुहाङ नेम्वाङले पनि निवेदन दिएका छन्।

एमालेको इलाम जिल्ला कमिटीले उम्मेदवार चयन गर्न अध्ययन कार्यदल गठन गरेको थियो।

पार्टी उपाध्यक्ष उदयबहादुर राई नेतृत्वको कार्यदलले उम्मेदवारका आकांक्षीहरुसँग निवेदन मागेको थियो। संयोजक राईका अनुसार अहिलेसम्म सुहाङसहित चार जनाले निवेदन दिएका छन्।

उम्मेदवार बन्न सुहाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल र देवी क्षेत्री दुलालले निवेदन दिएका छन्। यी सूची आगामी ३ चैतभित्र जिल्ला कमिटीमा पेश गर्ने कार्यसूची छ।

प्रकाशित: २७ फागुन २०८० १३:०५ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast