‘तिम्रो मेरो साथ’को ‘झिलमिल’ गीत सार्वजनिक

मोफोसल यात्रामा निर्माण टीम

हिमाल प्रेस १३ पुष २०७९ १६:०० | Wednesday, December 28, 2022
‘तिम्रो मेरो साथ’को ‘झिलमिल’ गीत सार्वजनिक फिल्मको एक दृष्ष।

काठमाडौँ– चलचित्र ‘तिम्रो मेरो साथ’को ‘झिलमिल’ गीत सार्वजनिक भएको छ। सुगम पोखरेल र मेलिना राईको स्वर रहेको गीतमा योगेश काजी शाहको संगित रहेको छ। गीतमा फिल्मका निर्देशक रमेश एम के पौडेलकै शब्द छन्।

गीतको अभिनयमा चलचित्रका प्रमुख कलाकारद्वय साम्राज्ञी राज्य लक्ष्मी शाह र पुष्प खड्काको देखिएका छन। उनीहरूकै प्रेम कथामा आधारित फिल्म बनेको निर्माण टिमले जनाएको छ। पुस २९ गतेदेखि प्रर्दशनमा आउने फिल्म प्रचार प्रसारका लागी निर्देशक पौडेल मुख्य कलाकार लिएर देशका केही जिल्लामा मोफोसलको यात्रामा छन्।

कास्कीको पोखराबाट मंगलबार (हिजो) सुरु भएको यात्रा बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, बिर्तामोडहुँदै काठमाडौँ आएर सम्पन्न हुने निर्देशक पौडेलले बताए। फिल्ममा अन्य कलाकार सन्दीप लामिछाने, एमिली लामा, सरोज खनाल, खड्क बी पुन, दिपिशा केसीलगायतको अभिनय छ।

प्रकाशित: १३ पुष २०७९ १६:०० | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast