फिल्म ‘जलाकी’ को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक

हिमाल प्रेस २४ साउन २०८३ १३:०६ | Sunday, August 9, 2026
फिल्म ‘जलाकी’ को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक

काठमाडौँ- ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशनमा बनेको फिल्म ‘जलाकी’ को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार युट्युबबाट गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतको भिडियोमा फिल्मका कलाकार सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिका फिचर्ड छन्। गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ।

सार्वजनिक गीत एसडी योगी र अन्जु पन्तले गाएका छन्। सुरेन्द्र रानाको शब्द रहेको गीतका संगीत निर्देशकमा एसडी योगी छन् भने संगीत निर्माता रिकेश गुरुङ हुन्।

गीतको भिडियो सुरेन्द्र राईको कोरियोग्राफीमा बनेको छ। असिस्टेन्ट कोरियोग्राीमा शेखर घर्ती मगर र सुशन तामाङ छन्। ‘जलाकी’ सुपरहिट फिल्म ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशनमा बनेको दोस्रो फिल्म हो।

निर्माण टिमले यसअघि फिल्मको प्रदर्शन मितिसँगै दुई पोस्टर सार्वजनिक गरेको थियाे। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेका हुन्। शैलेन्द्र डी.कार्कीले छायांकन गरेको फिल्म आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुनेछ।

फिल्ममा सोनम र उपासनासहित शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन्। यो फिल्मबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन्।

फिल्मका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

यसअघि निर्देशक थापा मगरको डेब्यु फिल्म ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो। फिल्मको गीत ‘रुकुम मैकोट’ सामाजिक सञ्जाल टिकटक, फेसबुक रिल्स र युट्युबमा व्यापक लोकप्रिय बनेको थियो।

‘खुस्मा’ को सफलतापछि निर्देशक मगर आफ्नो नयाँ प्रस्तुति ‘जलाकी’ ले पनि दर्शकको मन जित्ने विश्वस्त छन्। यो फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दै छन्।

 भिडियो यस्तो छ

प्रकाशित: २४ साउन २०८३ १३:०६ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast