देशमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ : ओली

हिमाल प्रेस २ फागुन २०८० २१:३० | Wednesday, February 14, 2024
देशमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ : ओली

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका लागि एउटा राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन्।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा आज (बुधबार) अनेरास्ववियुको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाललाई निर्णायक तवरमा काम गर्न सक्ने खालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको धारणा राखे। उनले एमाले त्यो राष्ट्रिय शक्तिका रूपमा रहे पनि निर्णायक तहमा पुग्न नसकेको बताए।

उनले मिसन २०८४ निर्वाचन मात्र नभई पार्टीलाई सवल राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने अभियान पनि रहेको बताए।

प्रकाशित: २ फागुन २०८० २१:३० | Wednesday, February 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast