इनारमा खसेकी महिलाको उद्धार

हिमाल प्रेस १ माघ २०८० १३:४३ | Monday, January 15, 2024
इनारमा खसेकी महिलाको उद्धार प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ– ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको सकुशल उद्धार भएको छ। दोलखा घर भई इमाडोल बस्दै आएकी २८ वर्षीया न्युटन प्रधान सोमबार बिहान इनारमा खसेकी थिइन्।

आफूले डेरा गरी बस्दै आएको घरमा खसेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीसहित उद्धारकर्मीले उनलाई सकुशल उद्धार गरेका हुन्। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नवराज कार्कीका अनुसार प्रधानलाई सकुशल उद्धार गरी स्वास्थ्य जाँचका लागि पाटन अस्पताल पठाइएको छ।

सोमबार बिहान लुगा सुकाउनका लागि इनारमाथि चढ्दा इनारको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी थिइन्। उनलाई अहिले उपचारका लागि पाटन अस्पतालमा पुर्‍याइएको छ।

प्रकाशित: १ माघ २०८० १३:४३ | Monday, January 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast