कोभिड-१९ जोखिमबाट सजग रहन गृहको आग्रह

हिमाल प्रेस ९ पुष २०७९ १९:५४ | Saturday, December 24, 2022
कोभिड-१९ जोखिमबाट सजग रहन गृहको आग्रह

काठमाडौँ– कोभिड-१९ को संक्रमणबाट बच्न गृह मन्त्रालयले सर्वसाधारणमा आग्रह गरेको छ। छिमेकी राष्ट्रलगायत केही देशहरूमा संक्रमणको नयाँ भेरियन्ट देखापरेकाले यसबाट जोगिन मन्त्रालयले सूचित गरेको हो।

मन्त्रालयले जिल्ला सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भीडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।

एक-अर्कामा भौतिक दूरी राख्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिई स्वास्थ्य मापदण्ड पालना गर्ने व्यवस्था मिलाउन मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा शनिबार (आज) जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ पुष २०७९ १९:५४ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast