इलाममा बाबुले गरे छोराको हत्या

हिमाल प्रेस २४ पुष २०८० ७:०७
18
SHARES
इलाममा बाबुले गरे छोराको हत्या

इलाम- इलामको माई नगरपालिकामा  राति बाबुले छोराको हत्या गरेका छन्।

माई नगरपालिका–६ को बिहीबारे सोमबारे नजिकैका दिलकुमार राईले छोरा १८ वर्षे जीवनको हत्या गरेका हुन् । जीवन स्थानीय भगवती माविमा कक्षा ११ मा अध्ययरत थिए।

मदिराका कारण भएको घरायसी विवादमा दिलकुमारले छोराको पेटमा चुप्पी प्रहार गरेका थिए।

गम्भीर घाइते जीवनलाई तत्काल झापाको बीएन्डसी अस्पतालमा उपचारका लागि लगिएको र उपचारक्रममा उनको मृत्यु भएको स्थानीयले जानकारी दिए।

३७ वर्षे दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २४ पुष २०८० ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast